बिर्तामोड । भरत भाबुक प्रसाई , बिर्तामोडबासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन ।  विद्युत  अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युतमात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । तर त्यो पनि हुन सकेको छैन । 

विद्युत नियमितताका लागि । विद्युत प्राधिकरणमा धरै कल गर्ने गरेको बिर्तामोडका स्थानीयबासीको भनाइ छ । गर्मीका बेला विद्युत् अनियमितता झन् बढ्दै गएको छ । प्रत्येक वर्ष गर्मीमा हुने अनियमितताको समस्या यस वर्ष पनि समाधान भएको छैन ।

“विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन”, बिर्तामोडकी नव्या सिलवाल भन्छिन् “गर्मीमा प्राधिकरणले थप पीडा दिएको छ ।” दिनभर चर्को गर्मी सहने बिर्तामोडबासी 


  रातिको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन । अटोरिक्सा चालक चारपाने –१ का दिनेश कार्की भन्छन् “दिनभर गर्मीमा काम गर्छौ विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन ” 

 एक घण्टामा दुईर तीन पटकसम्म विद्युत् काटिने गरेको बिर्तामोडका प्रेम उप्रेतीले बताउछन् । “कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो”, उनले भने । 




4

पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसेनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायीले बताए । “चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ”  इ ग्लोबलका मिडियाका सिइओ अर्जुन उप्रेती भन्छन् ।  

लोडसेडिङको विकल्पमा जेनेरेटर र इन्भटर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने उप्रेतीको भनाइ छ । 

 हामीले  लोडसेडिङ किन भईरहेको छ , पटकसम्म विद्युत् काटिनुकाे कारणहरु के हुन भनेर  नेपाल विद्युत  प्राधिकरणक अनारमनी वितरण केन्द्र प्रमुख संजिव कुमार शाह संग साेधेका  थियाै ।

उहाँ भन्नुहुन्छ  पानी प्रयाप्त मात्रामा  नपर्दा कृषकहरुले अत्यधिक मोटरको प्रयागे गर्ने  कारणले विभिन्न स्थानमा ओभर लोडका भई ट्रान्समिटर पड्कने समस्याका कारण पुन मर्मत गर्न लाइन काटिनु परेको बताउनु भयो ।

उहाँले  लोडसेडिङ हुने अवस्था नरहेको र पानी पर्न थालिसकेकाले अब त्यो समस्या हट्दै जाने बताउनुभयो । 

उहाँले  अनारमनी वितरण केन्द्रबाट १३ वटा फिडरबाट ६ नगरपालिका, ५ गाँउपालिका एवं एक सामूदायिक संस्थामा लाइन वितरण हुने गरेको बताउनु भयो ।

Capture 4

उहाँले उपभोक्ताको सेवाको लागि  उजुरी पेटिका, फ्री वाइफाइ,  सुरक्षाका लागि सि सी टि भी जडान, स्वच्छ खानेपानीको व्यवस्था,शिशु स्याहार कक्ष, लगत व्यवस्थापन कक्ष, सभा कक्ष, प्रादेशिक समूह सहितको  सूचना पाटी, टोकन प्रणालीबाट आय संकलन गर्ने व्यवस्था गरिएको बताउनुभयो । 

 उहाँले हरेक उपभोक्ताको विवरण सहित डिटेल समावेश गरिएको अपभोक्ता फाइललाई आधुनिक डिजिटल प्रविधिबाट व्यवस्थापन गरिएको बताउनु भयो ।

  उहाँले अनारमनी नगरपालिकाबाट ७  फिडर  र धैलाडुव्बा शब स्टेशनबाट ६ गरि १३ फिडरबाट लाइन वितरण भइरहेकाले प्रसारणमा कुनै समस्या नभएको शाहको भनाइ छ । 

 प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न उद्यान, हरियाली स्थानमा पुग्ने गरेका छन् । अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मीमा ५० प्रतिशतले बिरामीको सङ्ख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् ।

14588888गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहर पानीका कारण बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सकले बताएका छन् । भाइरल, झाडापखाला, रुघाखोकी, पिसाब सङ्क्रमण, जलवियोजन लगायतका बिरामीको सङ्ख्या बढेको बिर्तामाेड  नगर अस्पतालले जनाएको छ ।

पछिल्लो समय नियमित रुपमा बिजूली काटिने गरेको छ  । गर्मिको समय विभिन्न स्वास्थ्यका बिरामी मानिसहरु पटक पटक लाइन जादाँ प्रत्यक्ष रुपले मार्कामा परेका छन् ।  पक्कै पनि विद्युत प्राधिकरणले

 यसको दिगो  समाधानका लागि आवश्यक कदम चाल्नेछ भन्नेमा जनताले अपेक्षा गरेका छन् ।