बिर्तामोड ७ मा अवस्थित कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयमा अभिभावक भेलाले रुकमिना दाहालको अध्यक्षता शिक्षक अभिभावक संघ गठन गरेको छ ।
शिक्षण संगै आउने व्यवहारिक समस्याहरुलाई समाधान गर्न संघ गठन गरिएको विद्यालयका शिक्षक डिल्लीराम चम्लागाँईले बताउनुभयो ।
जसमा सदस्यहरुमा गंगा बहादुर खडका, सीता टंक आचार्य ,मनिता लिम्बु ,कमला अधिकारी ,झुमा विड्डक चयन हुनु भएको छ ।
त्यस्तै संघको सल्लाहकार समिति संयोजकमा श्याम पकुवाल सदस्यमा सीता भट्टराई ,गुणराज बराल ,जनक पकुवाल र उमा कार्की चयन हुने भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा अधिकारीको अध्यक्षता भएको भेलामा शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष श्याम पकुवाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
उहाँले स्कुलले ग्रामीण ठाउँबाट गुणस्तरीय शिक्षा दिदै हरेक तहको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएकाले बताउनुभयो ।
उहाँले स्कुलको शैक्षिक गुणस्तरीयतालाई बढाउन सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक दिपक चम्लागाईले विद्यालयका शैक्षिक गतिविधिका बारेमा प्रष्ट पार्दै शिक्षक अभिभावक संघको औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।
फाउण्डर डिल्लीराम चम्लागाईले अभिभावक भरोसा जित्न विद्यालयले गुणस्तर सिकाईमा जोड दिएको बताउनुभयो ।














