बिर्तामोड । सविना लिम्बु  , इलामको फिक्कलमा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। सूर्योदय गजल मञ्च सूर्योदय नगरपालिकाको आयोजनामा आईतबार फिक्कल माध्यमिक विद्यालयको प्राङ्गणमा विभिन्न रचना वाचन कार्यक्रम आयोजना गरिएको हो। 

सूर्योदय गजल मञ्चका अध्यक्ष योगनिधी भट्टराईको अध्यक्षतामा  आयोजित कार्यक्रममा स्थानीय साहित्य कलाको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

रचना वाचन कार्यक्रममा कविहरु  प्रकाश अधिकारी ,जि. आर न्यौपाने  ,लिला भट्टराई, सन्तोष खापुङ्,दिनेश चाम्लिङ्ग 'रुन्चे',कविता राई 'गाउले', माधव भट्टराई, दिपेन्द्र आचार्य, लगायतले आफ्नो रचना वाचन गर्नु भएको थियो।


 जनहितमा जारी

यस्ता कार्यक्रम निरन्तर गर्दै जाने बताउदै अबको केही दिनमा आयोजना गरिने  कार्यक्रम समालबुङमा हुने निश्चित भएको आयोजक संस्था  सूर्योदय गजल मञ्चका दिपेन्द्र आचार्यले जानकारी दिनु भएको छ । 


रचना वाचन कार्यक्रमको स्वागत आयोजक सूर्योदय गजल मञ्चका  उपाध्यक्ष  दिपेन्द्र आचार्यले गर्नुभएको थियोे भने  सञ्चालन सचीव  टिङ्कु  भट्टराई  सह-सचीव विक्रम सुन्दासले संयुक्त रुपमा गर्नु भएको थियो ।