काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको माओवादी पदाधिकारी बैठकले पर्सि शुक्रवारदेखि शुरू हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । पर्सि बस्ने बैठकमा पार्टी हेडक्वार्टरको तर्फबाट अध्यक्षले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्तरता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषयलगायतमा छलफल गर्ने एजेन्डा तय भएको माओवादी केन्द्रले जनाएको छ ।














