साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा
ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली
परम्परा छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस्’ भनी साउन १५ को शुभकामना दिएका छन् ।
यही सन्दर्भमा प्रधानमन्त्री
ओलीले फेसबुकमा लेखेका छन्, ‘जसरी
खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको
संस्कृति, सौहार्दता
र सामूहिकताको मिठास बोकेको छ ।
शुभ साउन १५ ! सबैको जीवन खीरजस्तै मिठासपूर्ण
होस् !’ साउने
झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो
गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्।














