बिर्तामोड । झापामा नेपालकै ठूलो पुरस्कार राशिको अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आगामी कातिक १५ देखि २२ गतेसम्म नवनिर्मित दुधे रंगशाला, शिवसताक्षीमा महिला गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको हो ।

काठमाडौंबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको ?पमा रहेको झापा जिल्लालाई महिला फुटबलको हबको रुपमा विकसित गराउन प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक सन्तोष थोप्राले जानकारी दिए ।
महिला फुटबल खेलको विकास र प्रबर्धन गर्न महिला गोल्डकपलाई निरन्तर ?पमा सन्चालन गर्नका लागि समिति सक्रियताका साथ अगाडि बढिरहेको उनले बताए ।
झापा महिला गोल्डकपको विजेता टिमले नेपालकै सर्वाधिक राशीको पुरस्कार पाउने जनाइएको छ। त्यस्तै, मस्ट भ्यालुएबल प्लेयर, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले पुरस्कार पाउनेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद र ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा आयोजकको तर्फबाट एक टिम रहनेछ। त्यस्तै, नेपालका तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमको सहभागिता हुने टुंगो लागिसकेको छ।
एक टिम भारत, एक टिम भुटान तथा बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
महिला खेलाडीलाई प्रोत्साहान गर्दै महिला खेलाडी उत्पदानमा टेवा पुर्याउने र ग्रासरुटबाटै निरन्तर प्रशिक्षणका लागि पहल गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनको लागि एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ। झापा महिला गोल्डकपलाई एउटा सामाजिक तथा स्थापित संस्थाको रुपमा अगाडि बढाउन र जिल्लामा नै अगुवा संस्थाको रुपमा चिनाउने लक्ष्य आयोजकको रहेको छ ।
प्रतियोगिता सम्पन्न गर्न रङगशालाको निर्माण स्तरोन्नतिको काम धमाधम भईरहेको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताका संरक्षक तथा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ थोप्राले अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताले दुधे रङगशालाको मुहार फेर्नेमा आफु आशावादी रहेको बताउनु भयो ।
उहाँले २६ हजार बस्न मिल्ने गरिको प्यारफिड बनाउन लागिएको बताउदैं स्थानीय सरकारको संरक्षणमा रङगशालाको स्तरउन्नति
गरिरहेको बताउनु भयो । उहाँले रङगशालाको प्याराफिट निर्माण गर्न संघीय सरकाले ३ करोड विनियोजन गरेको र स्थानीय सरकारले ५० हजार ३ करोड ५० हजार बजेटबाट घेराबारा, प्याराफिट निर्माण गरिने बताउनुभयो ।
उहाँले शिवसताक्षीहरुमा रहनुभएका खेलप्रेमीहरुको सक्रियताले रङगशालाको स्तरउन्नति र प्रतियोगिता गर्न सफल भएको बताउनुभयो ।














