काठमाण्डौ – नेकपा एकिकृत समाजवादीले बामदेव गौतमलाई तेस्रो वरीयताको वरिष्ठ नेतासहित सचिवालय सदस्य बनाएको छ । आज बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गौतमलाई तेस्रो बरियतामा राखेको हो ।

यस्तै तुलसी थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यमा मनोनित गरेको पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो । तुलसी थापा बामदेवकी पत्नी हुनुहुन्छ । नौ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।