बिर्तामोड ।भरत प्रसाई, बिर्तामोड–३ स्थित आदर्श कलेजको सभाहलमा शान्ति टोल विकास संस्था ‘ए’ ब्लकको तेस्रो साधारण सभासम्पन्न भएको छ । सभाले नन्दकुमार अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । 

२०७० साल भदौ २५ गते निवर्तमान अध्यक्ष दिनानाथ ओझाको अध्यक्षतामा गठन भएको नौ सदस्यीय टोल समितिले तीन वर्षे कार्यकाल पूरा गरेपछि शनिबार सम्पन्न साधारण सभाले नयाँ नेतृत्व चयन गरेको  छ ।

नयाँ कार्यसमिति चयनका लागि लिङ्कन मन्टेश्वरी विद्यालयका सञ्चालक तथा पत्रकार सरोज पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरि सर्वसम्मत रुपमा कार्यसमिति छनोट गरिएको थियो । 

IMG_6072

साधारण सभाले नन्दकुमार अधिकारीको अध्यक्षतामा ९ सदस्ययीय कार्यसमिति चयन गरेको छ, जसमा उपाध्यक्ष, लिलाराज भट्टराई सचिव, रामकुमार पराजुली कोषाध्यक्ष , भारती उप्रेती केसी,सदस्यहरू, सोनम उप्रेती, टिका उप्रेती, मनोज बुढाथोकी, नीलमकुमार डाँगी, कमला कार्की रहेका छन्  । 


साधारण सभामा अध्यक्ष ओझाले सामाजिक प्रतिवेदन प्रस्तुत गर्दै तीन वर्षे कार्यप्रगतिबारे जानकारी दिनुभयो।

 बिर्तामोड–१ र ३ को सीमामा रहेको साँघुरो बाटो खोल्ने कार्य नगरसँग समन्वय गरी सम्पन्न गरिएको, टोलभित्र ६० वटा डस्टबिन राखिएको, ५१२ फिट बाटोमा दुईवटा कल्भर्ट र ड्रेनेज निर्माण गरिएको  सामाजिक  प्रतिवेदन उल्लेख गरिएको  छ ।

त्यस्तै अर्थ संयोजक लीला भट्टराईले टोल बिकास समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । टोलभित्र सिसिटिभी जडान, महिला दिदीबहिनीलाई उद्यमशीलता तालिम, स्वरोजगारमूलक कार्यक्रम सञ्चालन, बसोबास गर्ने घरधुरीहरूको रेकर्ड संकलन, धार्मिक भ्रमण तथा आपसी सद्भाव कायम गर्ने कार्य अगाडि बढाइने समाजिक प्रतिवेदनमा जनाइएको छ।

IMG_6075

अर्थ संयोजक लीला भट्टराईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार हालसम्म २ लाख ६२ हजार ५सय ७० रुपैयाँ नाफा आर्जन गरेको जनाइएको छ । 

टोलकी जेष्ठ नागरिक तिलमाया कार्कीले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको कार्यक्रम वडा नं. ३ का वडा सदस्य हरि बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुखअतिथी बाँस्कोटाले समाज निर्माण हरेक नागरिकको दायित्व भएको बताउँदै “टोल  समितिले वडासँग समन्वय गरी नागरिकका साना समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले शान्ति टोल विकास समितिले वडाका ३२ टोलमध्ये उत्कृष्ट कार्यसम्पादनको उदाहरण प्रस्तुत गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष नन्दकुमार अधिकारीले “समाज तपाईं हामी सबैको हो, सबैको सहयोगले मात्र परिस्कृत र उन्नत टोल बनाउन सकिन्छ” भन्दै स्वच्छ वातावरण र एकताबद्ध समाज निर्माणमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो।


IMG_6084कार्यक्रममा छिमेकी टोल विकास समितिका अध्यक्ष परशुराम घिमिरे, भीमसेन तिम्सिना, वडा सचिव भीम अधिकारी, मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, सूर्योदय टेलिभिजनका उप– सम्पादक देव बास्कोटा, स्थानीय प्रतिनिधि तथा टोलवासीहरूको बाक्लो उपस्थिति थियो।  संस्थापक अध्यक्ष कुमार थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नन्दकुमार अधिकारीले गर्नुभएको थियो ।