बिर्तामोड । भरत प्रसाईं,बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी विद्यालयले शनिबार एक कार्यक्रमका बिच कृष्णजन्माष्टमी मनाएको छ ।
विद्यालयले साना बालबालिकामार्फत धर्म, संस्कृति र सनातन परम्पराको चेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चालक सरोज पौड्लले बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले कृष्ण र राधाको स्वरूपमा सजिएर मख्खन खादै कृष्ण लिला प्रस्तुत गरेका थिए ।
विद्यालय सञ्चालक पौडेलले पछिल्लो समयमा धर्म र संस्कृतिप्रतिको आकर्षण हराउँदै गएको सन्दर्भमा बालबालिकामा नै चेतनाको बीउ रोप्नु आवश्यक भएकाले यस किसिमको कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
उहाँले कलिलो उमेरमै धर्म, संस्कृति र भगवान् प्रतिको श्रद्धा जागृत गर्नु समाज र राष्ट्र दुवैका लागि पुण्य काम भएको बताउनु भयो । विद्यालयले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञान मात्र नभई सामाजिक संस्कार, मूल्य–मान्यता र दायित्वबारे पनि सचेत गराउँदै आएको सञ्चालक पौडेलले उल्लेख गर्नुभयो।
हाल विद्यालयमा ६५ जना बालबालिका गुणस्तरीय र व्यावहारिक शिक्षासँगै संस्कारयुक्त जीवनपद्धति सिकिरहेका छन्। यस्ता धार्मिक पर्वलाई बालबालिकासँग जोड्दा उनीहरूको बौद्धिक र भावनात्मक विकासमा टेवा पुग्ने शिक्षाविद्हरू बताउँछन्। ।
कृष्णजन्माष्टमी विशेष कार्यक्रमले विद्यालयलाई केवल शिक्षण संस्थाको रूपमा नभई संस्कृति र मूल्य प्रवाह गर्ने सशक्त माध्यमका रूपमा स्थापित गर्नेमा आफु आशावादी रहेको सञ्चालक पौडेलको भनाइ छ ।














