बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेज प्रालिले आफ्नो एघारौं वार्षिकोत्सव तथा सञ्चालक देवीभक्त श्रेष्ठकी जेष्ठ सुपुत्री मनिषा श्रेष्ठको जन्मोत्सवको अवसरमा पर्यटन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।


होटल हिकोला हेरिटेजको सभाहलमा आयोजित कार्यक्रममा पर्यटन प्रवर्धनका अवसर र चुनौतीबारे विभिन्न विधाका विज्ञहरूले कार्यपत्र प्रस्तुत गरेका थिए।

536474850_122178073538571268_2051560162047841907_n

कार्यक्रममा प्रमुख अतिथिको रूपमा साहित्य चौतारी झापाका सल्लाहकार तथा अभिनन्दित व्यक्तित्व हरिनारायण भट्टराई उपस्थित हुनुभएको थियो, भने विशिष्ट अतिथ्यतामा अध्यागमन कार्यालय काँकरभिट्टाका प्रमुख तुलसी भट्टराई रहनुभएको थियो।

537224858_122178075374571268_34661670981764252_n

अध्यागमन प्रमुख भट्टराईले सन् २०८० मा मात्र काँकरभिट्टा नाकाबाट ८,७२३ जना विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक प्रस्तुत गर्दै दैनिक औसत १२ जना विदेशी पाहुना प्रवेश गर्ने गरेको जानकारी दिनुभयो। उहाँले पर्यटन वर्ष २०२५ लाई सफल बनाउन सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनुभयो।

535408047_122178073508571268_4278991176972314377_n

लोकगायक अनिरुद्र ओलीले ‘बालेननाथ, तमु नाच’ धान नाच लगायतका नृत्य पर्यटन प्रवर्धनमा उपयोगी हुने धारणा राख्नुभयो।

पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुव्रत न्यौपानेले पर्यटनसँग सूचनालाई जोड्दै खोजमूलक पत्रकारिता आवश्यक रहेको औंल्याउनुभयो।


535965072_122178075380571268_993106574774596180_n

उहाँले छिमेकी शहरहरूसँगको सहकार्यमा ‘लाइट सञ्चालन’ अभियान थालिएको जानकारी पनि दिनुभयो।

उद्योग वाणिज्य संघ बिर्तामोडका पूर्व अध्यक्ष कुमार भट्टराईले सहकार्य र साझा प्रयासमार्फत मात्र बिर्तामोडलाई आकर्षक नगर बनाउन सकिने बताउँदै लागू औषध दुरुपयोग अझै पनि चुनौती रहेको उल्लेख गर्नुभयो।


535807860_122178074414571268_7032264986459960129_n

चलचित्र क्षेत्रका विज्ञ दिनेशराज शर्माले चलचित्र छायांकनलाई पर्यटन प्रवर्धनको प्रभावकारी माध्यम ठहर गर्दै यसका लागि पर्यटन बोर्ड, होटल व्यवसायी र सुरक्षा संयन्त्रको सहकार्य आवश्यक रहेको बताउनु भयाे।

कार्यक्रममा बुद्ध एयरलाइन्सका स्टेशन म्यानेजर ओय श्रेष्ठ, सूर्योदय टेलिभिजनका कर्पोरेट डिरेक्टर यम बिमली, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ विभिन्न साहित्यकार, पत्रकार, चलचित्रकर्मी तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

534958088_122178076136571268_8185559865569824003_n

कार्यक्रमको सञ्चालन साहित्य चौतारी झापाका सचिव तुलसी प्रसाद निरौलाले गर्नुभएको थियो भने अन्तिम सार टिप्पणी उपाध्यक्ष हिम्मत नेम्वाङले प्रस्तुत गर्नुभएको थियो।

प्रमुख अतिथि हरिनारायण भट्टराईले कार्यक्रम मर्यादित र फलदायी भएको टिप्पणी गर्नुभयो।