बिर्तामोड । भरत प्रसाई , सुवेदी एण्ड एसोसिएट बिर्तामोड र राइट एजुकेसनल सर्भिसेस प्रालिको संयुक्त आयोजनामा आगामी भदौ २४ गते बिर्तामोडस्थित होटल सिद्धार्थ ग्रान्डमा अध्ययनका लागि कोरिया जान चाहने विद्यार्थीहरुका लागि एक दिने शैक्षिक परार्मश तथा एजुकेसन सेमिनार हुने भएको छ ।
शिक्षालाई संविधानले नै मौलिक अधिकारको रूपमा व्याख्या गर्दै विद्यार्थीलाई विश्वका जुनसुकै विश्वविद्यालयमा अध्ययन गर्ने अवसर सुरक्षित गरेको छ।
यद्यपि गुणस्तरीय शिक्षाको खोजीमा अभिभावकहरू भौतारिइरहेको वर्तमान परिस्थितिमा आवश्यक जानकारी नपाउँदा कतिपयले अनावश्यक दुःख र झन्झटको सामना गर्नुपरेको छ। यही पृष्ठभूमिमा राइट एजुकेसनल सर्भिसेस प्रा.लि. र सुवेदी एण्ड एसोसिएट्स बिर्तामोडको संयुक्त आयोजनामा दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि एक दिने शैक्षिक अवलोकन तथा परामर्श सेमिनार हुने भएको छ।
कार्यक्रम यही भदौ २४ गते बिर्तामोडस्थित सिद्धार्थ होटलमा सम्पन्न हुनेछ।
कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकलाई कोरियाको शैक्षिक अवस्था, विश्वविद्यालय छनोट, भिसा प्रक्रिया, नियम–कानुन तथा त्यहाँको शिक्षा प्रणालीका बारेमा स्पष्ट जानकारी दिने आयोजकहरूले बताएका छन्।
राइट एजुकेसनल सर्भिसेस प्रा.लि.का प्रबन्ध निर्देशक नवीन बोहराका अनुसार पछिल्लो समय दक्षिण कोरिया सस्तो र गुणस्तरीय शिक्षाका कारण नेपाली विद्यार्थीहरूको प्रमुख रोजाइ बन्दै गएको छ।
यस सेमिनारमार्फत विद्यार्थीहरूले विश्वविद्यालय सम्बन्धी सुनिँदै आएका अन्योलताबाट मुक्त भई सही निर्णय लिन सक्ने अपेक्षा राखेका छन्।
त्यस्तै, कार्यक्रम संयोजक तथा सुवेदी एण्ड एसोसिएट्स बिर्तामोडका प्रबन्ध निर्देशक रोशन सुवेदीले दक्षिण कोरियाले सन् २0२७ सम्ममा विदेशी विद्यार्थी संख्या लाखमा र्पुयाउने लक्ष्य लिएको जानकारी दिँदै नेपालसहित विश्वभरका विद्यार्थीहरूको आकर्षण बढ्दै गएको बताए।
सन् २०१८ सालमा स्थापना भएको राइट एजुकेसनल सर्भिसेसले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा नेपाली विद्यार्थी पठाउँदै आएको छ।
बोहराका अनुसार गत दुई वर्षमा मात्रै ५० भन्दा बढी विद्यार्थीलाई दक्षिण कोरिया पठाइसकेको छ ।
दक्षिण कोरियामा ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालयहरू रहेका र नेपाली विद्यार्थी पनि त्यहाँ अध्ययनका लागि बढ्दै गएको बताउँदै सुवेदीले यो सेमिनारले विद्यार्थी तथा अभिभावकलाई सजिलो र भरपर्दो जानकारी प्रदान गर्ने विश्वास व्यक्त गरे।
विशेषगरी दक्षिण कोरियाका दुई विश्वविद्यालयका प्रतिनिधि तथा सहजकर्ताहरू कार्यक्रममा सहभागी हुनेछन् ।
उहाँहरुले विद्यार्थीहरूलाई कोरियामा उच्च शिक्षा अध्ययनका अवसर, शैक्षिक कार्यक्रम र भर्ना प्रक्रिया सम्बन्धी प्रत्यक्ष जानकारी दिनुहुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसले विद्यार्थीलाई आफ्नो भविष्यका लागि उपयुक्त निर्णय लिन सहयोग गर्ने आयोजकहरूको विश्वास छ ।
हाल गुणस्तरीय शिक्षाको अभावका कारण अभिभावकहरू भौतारीरहेको र विद्यार्थीहरू पनि द्विविधामा परेको अवस्थालाई मध्यनजर गर्दै यस शैक्षिक अवलोकन सेमिनारको आयोजना गरिएको कार्यक्रम संयोजक नबिन बोहोराको भनाइ छ ।














