दमक। झापा , भरत भावुक प्रसाईं  — मेचीमाहाकाली बुहारी संयुक्त आवाज उपशाखा दमककी सह–सचिव प्रतिमा लिम्बुकी सुपुत्री नुम्सा इम्बुङ लिम्बुले फिलिपिन्समा सम्पन्न MISS PRETEEN UNIVERSE ASIA 2025 प्रतियोगितामा विजयी भई नेपालको नाम उज्ज्वल बनाउन सफल भएकी छन्।


यस ऐतिहासिक उपलब्धिलाई सम्मानित गर्न उपशाखा दमकले एक विशेष कार्यक्रम आयोजना गरी नुम्सा इम्बुङ लिम्बुलाई सम्मान गरेको थियो।

कार्यक्रममा अतिथि, सदस्य तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रह्यो।


संस्थाले नुम्सा इम्बुङ लिम्बुको यो विजयलाई नेपाली समुदायको गर्वको विषय बताउँदै उज्ज्वल भविष्यका लागि शुभकामना प्रकट गरेको छ।

साथै कार्यक्रम सफल बनाउन योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गरिएको छ।