बिर्तामोड। साहित्य चौतारी बिर्तामोड झापा नेपालले ३२ औं राष्ट्रिय बालदिवस भव्य रुपमा मनाउने भएको छ।
संस्थाका संस्थापक संरक्षक र अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।
आगामी भदौ २९ गते ३२ औं राष्ट्रिय बालदिवसको अवसरमा झापाका विभिन्न संगीत विद्यालयबाट विभिन्न रियालिटी सोमा भाग लिएर विभिन्न विधामा विजेताहरुलाई प्रतिस्पर्धा गरी उनीहरू मध्ये एक जनालाई उत्कृष्ट वाल प्रतिभा पुरस्कार समेत प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए।   
  उक्त कार्यक्रमको प्रमुख अतिथीको रूपमा गत वर्षको बालप्रतिभा पुरस्कारकी विजेता वालगायिका आकृति बिष्टलाई चयन गरिएको उनले बताए।
प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवसको अवसरमा गरिने वालवालिकाहरू बीच प्रतिस्पर्धा गराई उनीहरु मध्ये एक जनालाई बालप्रतिभा पुरस्कार प्रदान गरिने गरेको र ऊक्त बालप्रतिभा पुरस्कारकी विजेतालाई आगामी कार्यक्रमको प्रमुख अतिथी बनाइने संस्थाको उद्देश्य वमोजिम गत वर्षको बालप्रतिभा पुरस्कारकी विजेता वालगायिका  आकृति बिष्टलाई यस वर्षको कार्यक्रमको प्रमुख अतिथी बनाउन लागिएको उनले बताए।
   त्यस्तै सोहीदिन पितृपक्ष सोह्र श्राद्धको अवसरमा संस्था स्थापनादेखि हालसम्म संस्थामा विभिन्न ओहोदामा रहेर दिवंगत भएका पितृहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत पितृहरूको धर्मपत्नीहरुलाई सम्मान गरिने अध्यक्ष श्रेष्ठले बताए।
संस्था स्थापनादेखि हालसम्म संस्थामा विभिन्न ओहोदामा रहेर दिवंगत भएका पितृहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुको रचना वाचन गरिने र दिवंगत पितृहरूको धर्मपत्नीहरुमध्ये स्व.  राजेन्द्र खालिङकी धर्मपत्नी र स्व.अमृतलाल श्रेष्ठकी धर्मपत्नीलाई सम्मान गरिने उनको भनाइ छ।
उक्त कार्यक्रमको प्रमुख अतिथी अर्जुनधारा जलेश्वरधामका मूल अर्चक अग्नीप्रसाद सिग्देल रहने र  कार्यक्रमको संयोजक संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङ रहने अध्यक्ष श्रेष्ठले बताए।

IMG-20250903-WA0016

कार्यक्रममा संस्थाका अभिनन्दित स्रष्टा कोमलप्रसाद पोखरेललाई कनकाई प्रतिभा प्रतिष्ठानले सम्मान गरेकोमा बधाई ज्ञापन गरिएको थियो भने रजतवर्षमा रथारोरहणसहित नागरिक अभिनन्दन गरिएका अग्रज पत्रकार नकुल काजीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो।

IMG-20250903-WA0017

त्यस्तै साहित्य चौतारी विर्तामोड झापा परिवार नेपालका सह कोषाध्यक्ष तथा हिमकिरणकलर ल्याब प्रालि हिकोला कम्पनी परिवार,हिमालयन टूर & ट्राभल्स अनुपमा परिवार, हाेटल हिकोला हेरिटेज प्रा लि परिवार नेपाल र नेपाल फ्लिम सोसाइटी कोशी प्रदेश परिवार नेपालका सहजकर्ता कृष्णकुमार श्रेष्ठलगायतकी माता विष्णुमाया श्रेष्ठको सातौं पुण्यतिथीमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।