बिर्तामोड । पूर्वीय दर्शन प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय बिर्तामोड झापाको आयोजनामा “पूर्वीय दर्शन अन्तर्गत सनातन संस्कृतिका व्रतपर्वादिमा अनुभूत द्विविधा निराकरण विषयक शास्त्रीय कार्यपत्र प्रस्तुत कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद खनालले गरेका थिए भने शंकराचार्य पीठ वेदवेदाङ्ग संस्कृत पाठशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडा प्रमुख अतिथि रहेका थिए। सो अवसरमा सहसचिव दीपेन्द्रप्रसाद दहालले स्वागत मन्तव्य राखेका थिए।

IMG_5654

स्वस्तीवाचन तथा व्यासको तस्बिरमा माल्यार्पणपछि शुरू भएको कार्यक्रममा अध्यक्ष खनालले पूर्वीय दर्शनमा आधारित सनातन संस्कृतिका व्रतपर्वादिमा देखिएका द्विविधा निराकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे।

IMG_5641

सो अवसरमा साङ्गवेद संस्कृत मावि विवेकाश्रमका आचार्य छन्दुराम भण्डारीले “सनातन संस्कृतिका व्रतपर्वादिमा अनुभूत द्विविधा निराकरण” विषयमा शास्त्राधारित कार्यपत्र प्रस्तुत गरे। यस्तै, श्रीवैष्णव सेवा परिषद नेपाल, झापाका अध्यक्ष कृष्णप्रसाद मिश्रले धारणा प्रस्तुत गरेका थिए।

IMG_5626

त्यसैगरी हिमाल पञ्चाङ्ग वारणशीका डा. विश्वनाथ त्रिपाठीले लेखेको पञ्चाङ्गसम्बन्धी कार्यपत्र संस्थाका सचिव रामकृष्ण ढकालले बाचन गरेका थिए।

कार्यक्रममा धरान पिण्डेश्वर संस्कृत विद्यालयका उपप्राध्यापक दिपक पराजुली, साङ्गवेद संस्कृत मावि विवेकाश्रमका संस्थापक विष्णुभक्त भण्डारी, हेमराज अधिकारीलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामकृष्ण ढकालले गरेका थिए।