बिर्तामोड । बडी ग्यारेज बिर्तामोडको आयोजनामा तेस्रो मिस्टर कञ्चनजंघा खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता आगामी भदौ २७ र २८ गते हुने भएको छ।

IMG_5610प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव सन्तोष उप्रेतीले स्वागत मन्तव्य राखेका थिए।

IMG_5613

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष टीकाराज ढकाल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, प्रतियोगिताका पूर्व अध्यक्ष अर्जुन मैनालीलगायतले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए।

IMG_5620प्रतियोगिता अध्यक्ष पराजुलीका अनुसार ५५ केजीदेखि ७५ केजीमाथिसम्म ६ विधामा प्रतिस्पर्धा हुनेछ भने करिब १५० खेलाडीले भाग लिनेछन्। प्रतियोगिताको ओभरअल विजेताले ५ लाख, दोस्रो हुनेले ३ लाख,  तेश्रोले २ लाख, चौथोले १ लाख, पाँचौंले ७५ हजार र छैठौंले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

IMG_5619

झापा बाहिरका खेलाडीलाई आवास, खानपान र भत्ताको व्यवस्था गरिएको जनाइएको छ। प्रतियोगिताको प्रि-जजिङ भदौ २७ गते हुने र फाइनल खेल भदौ २८ गते हुने जानकारी दिइएको छ।

IMG_5575

कार्यक्रम संयोजक तथा बडी ग्यारेज बिर्तामोडका सञ्चालक राम दाहालले प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहने बताए।

कार्यक्रममा सञ्चारकर्मी रमेश तिवारीले सञ्चालन गरेका थिए भने उपाध्यक्ष निर्मलराज खत्रीले धन्यवाद ज्ञापन गरेका थिए।