बिर्तामोड । भरत भाबुक प्रसाईं , आज भदौ २२ गते बेलुकी १० बजेर ११ मिनेटमा खग्रासग्रहण देखिने भएकाे छ । आज दिनकाे १ बजेबाटै सुतक लाग्ने जनाईएकाे छ ।
आज बेेलुका ११ बजेर ४६ मिनेटमा मध्यमासमय अवधि हुने जनाइएकाे छ । बेलुकी १०:११ मिनेटमा सुरु भएकाे खग्रास ग्रहण राति नेपाली समय १ बजेर ४१ मिनेट सम्म रहने जनाईएकाे छ ।
विशेष गरि धनु राशीलाई श्री प्राप्ति हुने, मकर राशीलाई क्षति , मीन राशी लाई व्यय खर्चकाे याेग रहने खागाेलविद् बताउछन् ।
आज पृथ्वी र चन्द्रमा एउटै रेखामा रहने बताइन्छ ।खग्रास चन्द्रग्रहण लागेकाे बेला सुत्नु नहुने, खानाका खानु नहुने खगाेलविद्काे भनाइ छ ।
याे बेला भजनकृतन गर्ने इष्ट देवतालाई सम्झनाले अनिष्ट नहुने विश्वास गरिन्छ ।
याे २०८२ सालकाे पहिलाे चन्द्र ग्रहण हाे ।














