काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवालाई कुन भीपीएन प्रयोग गरेर फेसबुक चलाएको सोधेका छन् ।

गत बिहीबारदेखि फेसबुकसहित २६ सामाजिक सञ्जाललाई सरकारले निष्क्रिय बनाएको छ । तर, कांग्रेस सभापति देउवाको फेरिफाइड फेसबुक पेजमा शनिबार अपरान्ह ३ बजेर ३८ सुनसरीमा आयोजित एक कार्यक्रमको फोटो पोष्ट गरिएको छ ।

देउवाको पेजसमा शनिबार अपरान्ह ‘आज सुनसरीको भोक्राहा नरसिंह गाउपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पुजा कार्यक्रमलाई सम्वोधन गरेको छु’ भन्दै तस्बिरसहित पोष्ट गरिएको छ ।

यसको भोलिपल्ट आइतबार बिहान ९ बजेर ३१ मिनेटमा मेयर बालेनले देउवालाई स्वदेशी कि विदेशी भीपीएन चलाएको प्रश्न गर्दै भीपीएनबाट चलाउँदा साह्रै गाह्रो भएको बताएका छन् ।

यो पोस्ट कुन भीपीएन बाट हो ,नेपाली हो कि विदेशी । सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त,’ उनले लखेका छन् ।