बिर्तामोड । भरत  प्रसाई ,जेन्जी युवा पुस्ताको नेतृत्वमा सुरु भएको आन्दोलनबाट सत्ता परिवर्तन हुँदै पछिल्लो घटनाक्रम संसद् विघटनसम्म पुगेको छ । परिस्थिती थप जटिल बन्दै गएको अवस्थामा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की संसद् विघटनको कारण देखाउँदै दोषीलाई कारबाही गर्ने शर्तमा अन्तरिम सरकारको प्रधानमन्त्री बन्ने अडानमा रहनुभएको छ ।

542377087_1840229746906154_513961193537871327_n

त्यहीबीच प्रधान सेनापतिले समस्या समाधान नभए संकटकाल लगाउनुपर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लैजाने तयारी गरेको बुझिएको छ ।


IMG_5859

राष्ट्रपतिले यसबीच कानुनविद तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग निरन्तर परामर्श गरिरहनुभएको छ भने देशभर कर्फ्युले भयकाे वातावरण सिर्जना भएको छ ।      चाडपर्वको मुखमा आएको यो राजनीतिक अस्थिरताले जनतालाई ठूलो सास्ती दिएको छ ।

यता संविधान विघटनको मागसहित जेन्जी पुस्ताले आन्दोलन चर्काएपछि विभाजित मत मतान्तर बढ्दै गएको छ । यहीबीच पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ झापा शाखा, नेपाल बार एसोसिएसन झापा लगायत विभिन्न संघसंस्थाले बिर्तामोडस्थित मुक्तिचोकमा शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन् ।

IMG_5862

‘Save the Nation’, ‘Save the Constitution’ लेखिएका प्लेकार्ड र ब्यानरसहितको विरोध प्रदर्शन मुक्तिचोकबाट सुरु भई पूर्व–पश्चिम परिक्रमा गर्दै पुनः मुक्तिचोकमै पुगेर सांकेतिक मौन प्रदर्शनमार्फत सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेपाल बार एसोसिएसन झापा शाखाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुब्रत न्यौपाने, सहसचिव रमेश तिवारी, तिलक योन्जन, नागरिक प्रहरी बलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 नेपाल बार एशोसिएशनको तर्फबाट अधिबक्ता हेमकला कट्टेल, चित्रा मगर लगायतको उपस्थिती रहेको थियो ।

मौन प्रदर्शनमा अधिबक्ता तथा पत्रकार देवेन्द्र प्रसाई, अग्रज पत्रकार भिमा शिवाकोटी,इन्द्रजित मुखिया , विनोद पाण्डे, पत्रकार लिला अनमोल ,भरत प्रसाई , सुनिरा मैनाली सन्तोश न्यौपाने,बिष्णु श्रेष्ठ, अस्मिता साँखी , प्रकाश बानिया , सुरेन्द्र भण्डारी,  नरेन्द्र ढकाल, स्वस्तिका आर्चाय, राम निरौला , बिकास उप्रेती, अनुसा चुडाल, अच्युत सुवेदी, गणेश कोइराला, टिकाराम बाँस्तोला, नेपाल पत्रकार महासंघकी  झापा शाखा उपाध्यक्ष   बिनिसा शर्मा ,  पत्रकार दिपा सापकोटा लगायतको उपस्थिती रहेको थियो । 

IMG_5856

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष गिरीले यो शान्तिपूर्ण मौन विरोध रहेको उल्लेख गर्दै त्याग र बलिदानले आर्जित नेपालको संविधान तथा लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने हरेक गतिविधिको प्रतिकार गर्न पत्रकारहरू सधैं एकताबद्ध रहने दृढता व्यक्त गर्नुभयो ।

उहाँले लोकतन्त्र नै सबैभन्दा उत्कृष्ट व्यवस्था भएको दोहोर्याउँदै सबैलाई राष्ट्र र संविधानको रक्षामा लाग्न अपिल गर्नुभयो ।