विगत ३ बर्ष अघिबाट भ्रष्टाचार र वितिय वेतिथि विरुद्ब सडकबाट नागरिक को पक्षमा देश व्यापि आन्दोलन गर्दै आएको नागरि बचाउ महाअभियान नेपालले अहिलेको शुशिला कार्की नेतृत्वमा सहभागि हुन आवान भइरहेको बेला सार्वजनिक विज्ञप्ति जारि गर्दै सरकारमा आफुहर सामेल नहुने जनाएका छन् ।
अभियानका केन्द्रिय प्रवक्ता माधब कल्पितले आफ्नो फेसबुक वालमा एक स्टाटर्स लेख्दै भनेका छन् ।
घरबार बिहिन भइ तपाईं रोइरहेको बेला,हामी पजेरो चडेर कसरी सिहंदरबार पसु ,महंगी,अभाव,पिडा र बेरोजगारीले युवाहरु देश छाडेर रुदै (रुदै परदेश जान बाध्य हुनु परेको क्षणमा हामी मन्त्री क्वार्टरमा कसरी निदाउन सकुला र ।
जबसम्म पीडितलाई न्याय र नागरिकलाई अधिकार दिलाउन सक्दैनौँ,तब सम्म हामीले सरकारमा सामेल नहुने बाचा गरेका छौ ।
तपाईं ढुक्क हुनुहोस तपाईंको अमुल्य मतविना हामी कुनै पनि सरकारमा सहभागी हुने छैनौ । यसरी जनताका समस्याको दिर्घकालिन समाधान नभए सम्म आफुहरु सरकारमा सामेल नहुने उनले जनाएका छन् ।














