1758286623_1दोहा (कतार) नेपाली साहित्यमा नवोदित साहित्यकार सन्दीप थपलिया ‘सानु’को पहिलो गजल संग्रह ‘मकरन्द’ कतारमा भव्य रूपमा विमोचन गरिएको छ ।

१६०औं मोतिजयन्ती, अनेसास कतार च्याप्टरको ११औं अधिवेशन तथा अनेसास–नवोदित साहित्यिक वाचन डबली १६२औं श्रृंखलाको अवसरमा उक्त कृति सार्वजनिक गरिएको हो ।


FB_IMG_1758361912461

एक सय एक गजल समेटिएको संग्रहलाई कार्यक्रमका सभापति यादव रेग्मी, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष दिलकुमार श्रेष्ठ, मदन पुरस्कार विजेता श्रद्धेय कवि डा. नवराज लम्साल, स्वयं लेखक थपलिया लगायतले संयुक्त रूपमा विमोचन गरे ।

साहित्यकार श्यामराज रानाभाटले पुस्तकबारे धारणा राख्दै, वास्तविक मूल्याङ्कन भने पाठकले गर्ने भएकाले तत्काल औपचारिक समीक्षा आवश्यक नरहेको बताए ।

कार्यक्रममा साहित्यकार निर्दोष बस्यालले पुस्तकमा समावेश एक गजल वाचन गरेका थिए ।

लेखक सानुले नेपालमै साहित्यिक यात्राको सुरुवात गरेको स्मरण गर्दै कतारमा रहेका साहित्यिक संस्था तथा परिवारप्रति आभार व्यक्त गर्दै नेपाली साहित्यलाई अझै मलजल गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशन गृह पब्लिकेसनमार्फत बजारमा आएको पुस्तकको मूल्य ३ सय ९९ रुपैयाँ तोकिएको छ ।

वि.सं. २०५५ मंसिर २८ गते तेह्रथुममा जन्मिएका थपलिया सन् २०१७ को अन्तिमतिर वैदेशिक रोजगारीका लागि कतार आएका हुन् ।

उनले स्नातकसम्मको अध्ययन गरेका छन् र कतारमा वाचन डबलीमार्फत निरन्तर साहित्यसँग सक्रिय रहेर योगदान दिँदै आएका छन् ।