काठमाडौं : नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्रीहरूले सपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले चार जनालाई मन्त्रीमा नियुक्त गरेका थिए। राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा. मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए। 

यसअघि प्रधानमन्त्री कार्कीले स्वास्थ्य मन्त्रीमा संगीता मिश्रको नाम सिफारिस गरे पनि अन्तिम समयको उनको सपथ रोकिएको थियो।

सिन्हालाई उद्योग वाणिज्य, आपूर्ति, कानुन तथा न्याय र भूमिसुधार मन्त्रालय, सहकारी तथा गरिबी निवारण, परियारलाई कृषि, पुनलाई शिक्षा तथा विज्ञान प्रविधि र खरेललाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

 जनहितमा जारी

जेनजी समूहको प्रस्तावमा राष्ट्रपति पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त गरेका थिए।

त्यसपछि प्रधानमन्त्री कार्कीको सिफारिसमा रामेश्वर खनाल, कुलमान घिसिङ र ‌‌ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त भएका थिए।

प्रधानमन्त्री कार्कीले ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने बताउँदै आएकी छन्।