हुम्ला । हुम्लाको चंखेली गाउँपालिक ४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, शनिवार बिहान चंखेली(४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८र२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९र२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।

हंश बिवाहित हुन् भने कर्मा अविवाहित हुन् । प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ । उनीहरूको खोजी कार्य जारी छ ।