झापा- इलाममा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

गएराति परेको अविरल बर्षाका कारण इलाम नगरपालिका- ६, घोसमा डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुरिएर २ जनाको मृत्यु भएको हो ।

पहिरोले ३ जना वेपत्ता भएका छन् । २ जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।