२०असोज, काठमाडौं । निर्वाचन आयोगले फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ।
आयोगको सोमबार बसेको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार उक्त चुनावमा भाग लिन चाहने राजनीतिक दलहरूलाई आयोगमा दर्ता हुनका लागि मंसिर १ देखि १० गतेसम्मको समय दिइएको छ।
त्यस्तै माघ २ गतेदेखि निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना हुनेछन्।
त्यस्तै चुनाव प्रचार प्रसारका लागि दलहरूलाई फागुन ३ देखि १८ गतेसम्मको समय दिइएको छ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि पुस १८ र १९ गते बन्दसूची पेश गर्न पनि भनेको छ।














