बिर्तामोड । झापाली साहित्य समाज बिर्तामोडले आयोजना गरेको “एक साँझ युवा को माझ” अन्तर्गतको छैठौँ श्रृङ्खला शनिबार बिर्तामोडमा साहित्यिक काव्य सभाका बीच सम्पन्न भएको छ। कार्यक्रममा कवि तथा गजलकारहरूले आफ्ना रचनामार्फत साहित्यिक वातावरणलाई झनै सजीव बनाएका थिए।

IMG_8425कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ तथा कवि  मुनाराज शेर्मा रहनुभएको थियो भने ‘कुहिरो’ पुस्तकका लेखक रामचन्द्र नेपाल, कवि जे.के. तिम्सिना, साहित्यकार पुण्यप्रसाद खरेल, सहायक प्रमुख जिल्ला अधिकारी ज्ञानेन्द्र निरौला लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रमको प्रारम्भमा समाजका सचिव विवेक निशानीले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

37fff191-b4bf-4b46-8512-6713e1655c3a

उहाँले विगत केही वर्षदेखि झापाली साहित्य समाज बिर्तामोडले यस शृङ्खलालाई निरन्तरता दिँदै आएको र यसले युवा स्रष्टामा प्रेरणा जगाउने काम गरिरहेको बताउनुभयो।

साहित्य समाजका सल्लाहकार तथा गजलकार केशव आचार्यले लेखक रामचन्द्र नेपालको पुस्तक ‘बस्तीमा कुहिरो’ को चर्चा गर्दै उहाँलाई अब्बल दर्जाका साहित्यकारका रूपमा प्रस्तुत गर्नुभयो।

उहाँले नेपालले सृजनामा न्याय गर्न सक्ने क्षमताा भएका प्रतिभाशाली  कवि भएको उल्लेख गर्नुभयो।

त्यस्तै, प्रमुख अतिथि प्राज्ञ तथा कवि  मुनाराज शेर्माले पनि, पुस्तकको समीक्षा गर्दै ‘बस्तीमा कुहिरो’ छोटा तर प्रभावशाली कथाहरूको संग्रह भएको र लेखकले मिश्रित भावनाहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्न सफल भएको टिप्पणी गर्नुभयो।

IMG_8400कार्यक्रममा कवि जे=के= तिम्सिनाका श्रृङ्गारिक गजलहरूले उपस्थित साहित्यप्रेमीहरूलाई मन्त्रमुग्ध बनाएका थिए भने लेखक रामचन्द्र नेपालले आफ्ना सृजनाहरू वाचन गर्दै निरन्तर लेखन यात्रामा रहिरहने प्रतिवद्धता जनाउनुभयो।

39def563-5b67-49c7-b428-0e1be3608b9f

साहित्यिक सभामा झापाका विभिन्न क्षेत्रका लेखक, कवि, गजलकार तथा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूमा होम सुवेदी, रोमा निरौला, कृष्णप्रसाद गौतम, समीक्षा आचार्य, दुर्गाप्रसाद सिग्देल, देवीप्रसाद गौतम, वेदनिधि नेपाल, विकास सेवा, अनवर अली, पवन ढुंगेल, प्रशान्त वाग्ले, पत्रकार तीर्थ सिग्देल, गीता सुवेदी नेपाल, ज्ञानु बुढाथोकी, तुलसीप्रसाद भट्टराई, दिपेश राई, भीमप्रसाद नेपाल, ईश्वरीप्रसाद नेपाल, टोलीप्रसाद राजवंशी, बुद्धिप्रसाद नेपाल, देशू बेनम, देवीचरण भण्डारी, डिल्लीराम नेपाल, ज्ञानेन्द्र आचार्य, कविता घिमिरे, देवकुमार नेपाल, गजलकार मदन भण्डारी, सञ्चारकर्मी लिला अनमोल, देवीप्रसाद नेपाल, लेखक केशवप्रसाद मैनाली, मनोज बस्नेत, सुनिता बराल, बालकृष्ण नेपाल, भिजन गुरागाईं  लगायत झापाली साहित्यकार, गजलकार तथा स्रष्टाहरूको उपस्थिति उल्लेखनीय  रहकाे थियो।

कार्यक्रममा प्रस्तुत गजल, कविता र सृजनाहरूले झापाली साहित्य समाज बिर्तामोडद्वारा संचालित “एक साँझ युवा को माझ” कार्यक्रमलाई झापाको साहित्यिक क्षेत्रको प्रेरणादायी मञ्चको रूपमा स्थापित गरेको सहभागीहरूले बताएका छन्।

 साहित्यकार तथा समासेवी खिलप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई झापाली साहित्य समाजकी उपाध्यक्ष  संगिता कोइरालाले सञ्चालन गर्नुभएको थियो  ।