बिर्तामोड । गृह मन्त्रालयले ३६ जना सहसचिवको सरुवा गरेको छ। आइतबारको निर्णयअनुसार ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर भएका छन्।

झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई काभ्रेपलान्चोक सरुवा गरिएको छ भने धनकुटाका सिडिओ शिवराम गेलाललाई झापाको सिडिओ नियुक्त गरिएको छ।

त्यसैगरी ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन्। उनी यसअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक थिए। ललितपुरका तत्कालीन सिडिओ सुमन घिमिरेलाई सो विभागमा पठाइएको छ।

भक्तपुरमा उमेशकुमार ढकाललाई सिडिओका रूपमा पठाइएको छ। उनी यसअघि काभ्रेपलान्चोकका सिडिओ थिए। भक्तपुरका सिडिओ नमराज घिमिरेलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा गरिएको छ।

 जनहितमा जारी

रुपन्देहीका सिडिओ टोकराज पाण्डे लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साल नवलपरासी, नवलपरासीका हिरालाल रेग्मी कैलाली, महोत्तरीका नारायणप्रसाद रिसाल दोलखा, दोलखाका भोला दाहाल पर्सा, पर्साका तोयानारायण सुवेदी अर्घाखाँची र उदयपुरका प्रेमप्रसाद लुईँटेल धनुषामा सरुवा भएका छन्।