काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने भएकी छन् ।
आज अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ ।













