नेकपा एमालेले ‘विघटित’ संसदीय दलको बैठक बोलाएको छ।
मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बोलाएको विघटित प्रतिनिधि सभाका एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थितिको बारेमा छलफल हुनेछ।
लोकतान्त्रिक र संवैधानिक निकासका लागि पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा विघटित प्रतिनिधि सभाका सांसदहरुसँग एमालेले छलफल गर्न लागेको हो।














