बिर्तामोड। संसद् विघटनविरुद्ध नेकपा (एमाले) ले देशभरका ७५३ वटै स्थानीय तहमा एकैसाथ गरेको प्रदर्शनको क्रममा झापाका सबै १५ वटै स्थानीय तहमा मंगलबार विरोध कार्यक्रम सम्पन्न गरेको छ।

एमाले झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार जिल्लाका सबै पालिकामा विरोधसभा, र्‍याली र जनप्रदर्शनका कार्यक्रमहरू उत्साहपूर्वक सम्पन्न भएका हुन्। उनका अनुसार पार्टीका नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारण नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमका सहभागीहरूले संसद् विघटनको कडा विरोध गर्दै वर्तमान सुशिला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेका छन्। उनीहरूले विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नाराबाजीसमेत गरेका थिए।

fddfdfdfdf

एमालेले संसद् विघटनलाई संवैधानिक मूल्य–मान्यताको उल्लङ्घन र जनमतको अपमानका रूपमा व्याख्या गर्दै देशभर आक्रोश प्रकट गरेको छ। पार्टीले यस कदमलाई लोकतान्त्रिक अभ्यासमाथिको प्रहार भन्दै विरोध आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ।