बुद्धशान्ति । नेकपा (एमाले) बुद्धशान्ति गाउँ कमिटीको आयोजनामा एकदिवसीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम नेकपा (एमाले) बुद्धशान्ति गाउँ कमिटीका अध्यक्ष  नेत्र रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री क. देवेन्द्र दाहाल प्रमुख अतिथि रहनु भएको थियो।

 जनहितमा जारी

सोही अवसरमा झापा जिल्ला कमिटीका अध्यक्ष क. प्रेम गिरी विशेष अतिथि तथा केन्द्रिय सल्लाहकार सदस्य एवं कोशी प्रदेश सभा सदस्य . चिन्तन पाठक,  हरिचरण शिवाकोटीलगायत प्रदेश कमिटी सदस्य र सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो।

578016882_1349245203657922_8549918815731907443_n

कार्यक्रममा जेएनजी आन्दोलनपछि देशको राजनीतिक परिस्थिति, नेकपा (एमाले) को वर्तमान भूमिका तथा पार्टीको आगामी रणनीतिक योजनाबारे विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो।

बुद्धशान्तिका करिब ५०० बढी नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न सो कार्यक्रम सञ्चालन गाउँ कमिटीका सचिव क. धरणीधर पोखरेलले गर्नुभएको थियो।