झापा, ५ मंसीर । नेकपा (एमाले) का कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरामा चर्किएको विवाद साम्य पार्न स्थानीय प्रशासन र जेनजी प्रतिनिधिबीच तीन बुँदे सहमति भएको छ ।
आज भएको वार्तापछि विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजीको सुरक्षा, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो ।
योसँगै जारी धर्ना र प्रदर्शन फिर्ता लिन जेनजी समूह तयार भएको छ ।
बुधवार सिमरा विमानस्थल परिसरमा प्रदर्शन गरिरहेका युवामाथि एमालेका केही कार्यकर्ताले मुक्का प्रहार गरेपछि झडप भएको थियो ।
यसबीचमा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइसकेको छ भने अन्यको खोजी भइरहेको जनाइएको छ ।














