बिर्तामोड, झापा —
साहित्य चौतारी बिर्तामोड–झापाले दिवंगत संगीत सम्राट नारायण गोपालको स्मृति दिवस विभिन्न सांगीतिक प्रस्तुति र सम्मान कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
स्मृति दिवसको अवसरमा साहित्य चौतारी र गोरखा दुःख निवारक सम्मेलन (जीडिएनएस) दार्जिलिङद्वारा स्थापना गरिएको हिराकुमार स्मृति विशिष्ट संगीत अभिनन्दन यस वर्ष वरिष्ठ गायक तथा संगीतकार पवन गोले दम्पति (दार्जिलिङ) र वरिष्ठ गायक तथा संगीतकार डा. टिका भण्डारीलाई प्रदान गरिएको हो।

कार्यक्रम साहित्य चौतारी नेपालका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो।
अध्यक्ष श्रेष्ठले अतिथिहरूलाई शब्द तथा चौतारी गीतमार्फत स्वागत गर्दै नारायण गोपालको अविनाशी योगदानलाई स्मरण गरेका थिए।
मङ्सिर महिनाको नियमित मासिक सांगीतिक–काव्य सभासँगै गरिएको स्मृति साँझमा अजर–अमर सर्जकका रूपमा यसअघि नै अभिनन्दित चन्दन लमजेल प्रमुख अतिथिमा रहेका थिए।
विशिष्ट अतिथिमा गायिका डेजी बराइलीले सहग्रहण गरेकी थिइन्।

धान्य पूर्णिमा, उधौली पर्व तथा विश्व अपाङ्गता दिवसको अवसर पारेर गरिएको यस कार्यक्रममा साहित्य चौतारीद्वारा अघिल्ला वर्षमा अभिनन्दित वरिष्ठ कलाकार—चन्दन लमजन, डेजी बरैली लगायत प्रतिष्ठित सर्जकहरूको विशेष उपस्थिति थियो।
कार्यक्रममा साहित्य चौतारीका वरिष्ठ सल्लाहकार तथा आख्यानकार राजेन्द्र सङ्ग्रौला, साहित्यकार इन्दिरा भेटवाल, गोविन्द लम्साल, विष्णुमाया भट्टराई, मिना भट्टराई, लोकगायक अनिरुद्ध ओली, गायक आदित्य अधिकारी, पदम अधिकारी, जितेन्द्र थापा, मोहन प्रसाद ओली, निर्मला थपलिया, शारदा आचार्य, रूपादेवी खनाल, सरोज वत्स, गजलकार केशव आचार्य, पत्रकार महासङ्घ झापाका उपाध्यक्ष तथा साहित्य चौतारीका प्रेस सल्लाहकार सुव्रत न्यौपाने सञ्चारकर्मी लिला अनमोल, बितामोड नगरपालिकाका प्रकाशकीय अधिकृत सागर मिश्र गायक रगुन गुरुङ,देवि गौतम, राजेश चामंलिङ, पुजन प्रधान, उत्तम अधिकारी लगायत भारत वर्षका सिद्वहस्त गायक तथा संगितकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरी, उद्योग वाणिज्य सङ्घ बिर्तामोडका पूर्वअध्यक्ष कुमार भट्टराई, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, शिक्षक तथा गायक खिलप्रसाद शिवाकोटी, स्रष्टा दिनेशराज शर्मा, सञ्चारकर्मी यम खरेल, स्रष्टा स्मरण चुडाल, साहित्य चौतारीका पूर्वअध्यक्ष तथा संगीतकार हस्त परियार तथा संस्थापक संरक्षक उर्मिला बिमल श्रेष्ठको पनि सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको संयोजन उपाध्यक्ष हिम्मत नेम्बाङले तथा संगीत संयोजन सप्तक संगीत विद्यालयका सरोज वत्सले गरेका थिए। पत्रकार तथा साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए।
सांगीतिक सभामा नेपाल, दार्जिलिङ र सिक्किमका कलाकारहरूबाट स्वरसम्राट नारायण गोपालका कालजयन्ती १३७ गीतमध्ये उत्कृष्ट गीतहरू प्रस्तुत गरिए।
६ बजेबाट सुरु भएको कार्यक्रम राति ११ बजे मात्र सम्पन्न भएको थियो।
नारायण गोपालका स्मृतिमा, नेपाली भाषा–साहित्य–कला तथा संगीतको संरक्षण र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका कलाकारहरूको सम्मान जारी रहने साहित्य चौतारीले जनाएको छ।














