बिर्तामोड। बिराट बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको सातौं अधिवेशन तथा २० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मोहन शिवाकोटीको अध्यक्षता तथा ज्येष्ठ शेयर सदस्य कृष्णबहादुर दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कार्यक्रममा अध्यक्ष शिवाकोटीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज पाठकले प्रस्तुत गरेका थिए।
कार्यक्रममा संस्थाका पूर्व उपाध्यक्ष स्व. पर्शुराम सिटौला स्मृतिमा स्थापित ११ हजार १ सय ११ राशीको स्व. पर्शुराम सिटौला स्मृति पुरस्कार साहित्यकार केशव आचार्यलाई प्रदान गरिएको थियो। कार्यक्रममा गीतकार हरिभक्त बुढाथोकी र कृष्णप्रसाद पाठकद्वारा स्थापना गरिएको सात हजार पाॅच रूपैयाँको ज्येष्ठ नागरिक सम्मान पुरस्कार देवीप्रसाद ओली, उपासुसिंह राजवंशी, सती राजवंशी, पूर्णिमादेवी महतोलाई प्रदान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट कारोबार गर्ने रघुनाथ सिटौला, सुगन्दादेबी राजवंशीलाई सात हजार पाॅच सय पाॅच रूपैयाँसहित पुरस्कृत गरिएको थियो।
त्यस्तै बर्ष उत्कृष्ट कर्मचारीतर्फ संस्थाका ब्यबस्थापक तेजप्रकाश पाठकलाई सात हजार पाॅच रूपैयाँसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा उत्कृष्ट अंक ल्याएर कक्षा १२ उत्तीर्ण गर्ने भावना कार्की , आयुसा थापा , अभिनव सिलवाल , प्रतिक ढकाललाई सात हजार पाॅच रूपैयाँसहित बिराट बहुद्देश्यीय छात्रवृत्तिसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार उमानाथ ओलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश ओली र प्रवन्धक रूद्र सिटौलाले गरेको कर्मचारी टीका अधिकारीले जानकारी दिए।














