झापा । कन्काई नगरपालिका–३, झापामा अवस्थित ह्यापी ल्यान्ड फन पार्क एण्ड रिसोर्ट प्रा. लि.ले करिब ३ बिघा क्षेत्रफलमा सेवा विस्तार गर्दै आधुनिक, आकर्षक र अन्तर्राष्ट्रिय स्तरको सुविधा थप गरेको छ।

संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरी विगत आठ वर्षदेखि सञ्चालनमा रहेकाे पार्कलाई पुनःनिर्माण, आधुनिकीकरण र विस्तार गरिएको जानकारी दिएको हो।

99999

फन पार्क सञ्चालक समितिका अध्यक्ष   प्रकाश किरण साका  अनुसार कोभिड–१९ पछि गठित नयाँ व्यवस्थापन समितिले पार्कको पुनःनिर्माण, आधुनिकिकरण र संरचनागत विकासलाई तीव्रता दिएपछि पार्क अझ विशाल, व्यवस्थित र मनमोहक बनेको छ।

उहाँले हाल ३ बिघामा फैलिएको पार्कमा जिप लाइन, रेनबो स्लाइड, रोलर कोस्टर, ३६० डिग्री राइडर, वेभ पुल, वाटर स्लाइडर, रेन डान्स, वन पावर तथा अनपावर रोलर कोस्टर, कोलम्बस, चिल्ड्रेन पार्क लगायतका २० भन्दा बढी आकर्षक राइड र सेवाहरू थपिएको जानकारी दिनुभयो।

पार्कमा साहसिक खेल समेत समावेश भएकाले टिकट काटी प्रवेश गर्ने सर्वसाधारणका लागि दुर्घटना बीमा व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो।

9999999999999999अध्यक्ष  साकाकाअनुसार जेन्जी आन्दोलनपछि भारतबाट आउने आगन्तुक केही घटे पनि आगामी दिनमा बढ्ने अनुमान गरिएको छ।

happy-fan-park

आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीय नागरिकलाई रोजगारी प्रदान गर्ने भएकाले फन पार्कसम्म पुग्ने दुवै दिशाका सडक पक्की गरेर बिजुलीबत्ती जडान गर्न स्थानीय सरकारसँग आग्रह गरिएको छ। सञ्चालक समितिले पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूलाई स्थानीय सरकारले सहयोग गर्ने आशा व्यक्त गरेको छ।

विस्तारित क्षेत्रमा संगीत, प्रकाश र पानीको तालमेलमा प्रस्तुत हुने अत्याधुनिक फाउन्टेन पार्क तथा

‘ओम’ उच्चारणसँगै ऊर्जा परीक्षण गर्ने ‘ओम माउन्टेन’ नामक नवीनतम पानी फोहरा पार्कका विशेष आकर्षण बनेका छन्।

99999999999999999999999999999999999999999

पार्क सञ्चालन समितिका सदस्य दिनेश सिलवालका अनुसार पूर्वी नेपाल मात्र नभई देशभर तथा भारतको पश्चिम बंगालसहित विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन्।

विस्तारपछि रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र व्यवसायिक सम्भावनामा वृद्धि हुने समितिको अपेक्षा छ।

कार्यक्रममा पार्कका मेनेजर लक्ष्मी सापकोटाले सहजीकरण गर्दै, पूर्वाञ्चलकै उत्कृष्ट तथा फरक राइडरहरूको अनुभव लिन परिवारसहित फन पार्क भ्रमण गर्न आग्रह गर्नुभयो।

सञ्चालक समितिका सदस्य रामभक्त लामाले नयाँ प्रविधिबाट निर्मित राइडहरू अनुभवी प्राविधिक टोलीमार्फत उच्च सुरक्षा मापदण्ड अनुसार सञ्चालन गरिने जानकारी दिनुभयो।


मंसिर २६ गतेदेखि नवीन रूपमै विकसित विस्तारित ह्यापी ल्यान्ड फन पार्क एण्ड रिसोर्ट औपचारिक रूपमा सञ्चालनमा अाएकाे छ । 

 कार्यक्रममा फन पार्कका प्रतिनिधि तथा झापाका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Capture 1

स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, व्यवसायिक सम्भावना विस्तार र क्षेत्रको समग्र विकासमा ह्यापी ल्यान्ड फन पार्क एण्ड रिसोर्ट निरन्तर योगदान गर्दै आएको संचालक समितिले जनाएको छ।