काठमाडौँ– आजदेखि सुरु हुने नेकपा एमालेको ११औँ महाधिवेशनस्थल भक्तपुरको सल्लाहघारीमा नेताहरू पुग्न थालेका छन्।

देशभरबाट आएका कार्यकर्ताहरू बिहानैदेखि कार्यक्रमस्थल पुग्न थालेका थिए भने नेताहरू पनि अहिले कार्यक्रमस्थल पुग्न थालेका छन्। उद्घाटन कार्यक्रम दिनको १२ बजेका लागि तय भएको छ।

यद्यपि कार्यक्रम केही ढिला हुने देखिएको छ। अझैपनि साउण्ड सिस्टम लगायका केही कार्यहरू कार्यक्रमस्थलमा गरिरहेको देख्न सकिन्छ।

कार्यक्रमस्थलमा एमाले नेताहरू गोकर्ण विष्ट, किशान श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतको उपस्थिति भइसकेको छ। उद्घाटन कार्यक्रममा झाँकीसहितका कार्यक्रम पनि राखिएको छ।