बिर्तामोड । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । झापाबाट अध्यक्षमा ओली, सचिवमा हिक्मत कार्कीसहित २० जना निर्वाचित भएका हुन् ।
आज सम्पन्न मतगणना अनुसार केन्द्रीय सदस्यमा झापाबाट देवेन्द्र दाहाल, दिपक कार्की, रोमनाथ ओली, अग्नी खरेल, चिन्तन पाठक, होमबहादुर थापा, मेनुका काफ्ले, सुनिता बराल, मिना उप्रेती पोखरेल,गीता अधिकारी, गोविन्द थापा, इन्द्र भण्डारी, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक नर्वदा र एलिजा गौतम निर्वाचित भएका हुन् । यस्तै, केन्द्रीय अनुशासन आयोगको सदस्यमा लीला कट्टेल कार्की निर्वाचित भएको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए ।
११ औं राष्ट्रिय महाधिवेशनमा निर्वाचित १९ मध्ये ७ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् । चिन्तन पाठक, होमबहादुर थापा, मनोज ताम्ली, निता घतानी, जलवर्षा राजवंशी, निर्मला पाठक र एलिजा गौतम केन्द्रीय कमिटीमा नयाँ अनुहार हुन् ।














