बिर्तामोड। पूर्वी नेपालमै पहिलोपटक झापाको बिर्तामोड नगरपालिका–५ अग्रशेन भवन नजिक निर्माण गरिएको गायत्री माताको मन्दिरको प्रथम वार्षिकोत्सव भव्यरुपले मनाइने भएको छ ।

पूर्वी नेपालमै पहिलोपटक बिर्तामोड–५ स्थित अग्रसेन भवन नजिक निर्माण गरिएको  गायत्री माताको मन्दिरको प्रथम वार्षिकोत्सव आगामी माघ ९ गते शुक्रबार सरस्वती पूजाको दिन विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन, भजन सन्ध्या सांस्कृतिक कार्यक्रमसहित दाता सम्मान गरी मनाउने तयारी गरिएको गायत्री माताको मन्दिर  निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलले जानकारी दिए ।

IMG_6340आगामी माघ ९ गते शुक्रबार सरस्वती पूजाको दिन साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने , ज्योत शाम, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने कार्यक्रम रहेको गायत्री माताको मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी प्रशान्तले जानकारी दिए ।

गायत्री माताको मन्दिरको प्रथम वार्षिकोत्सवको अवसरमा गायत्री माताको मन्दिर स्थापना तथा निर्माणमा सहयोग पुर्‍याउने स्थानीय सरकार, प्रदेश सरकार सहित ७५ जना दाताहरूलाई सम्मान गरिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

IMG_6354 1पूर्वी नेपालमै पहिलोपटक झापाको बिर्तामोड नगरपालिका–५ अग्रशेन भवन नजिक निर्माण गरिएको गायत्री माताको मन्दिर आस्थाको केन्द्रका रूपमा स्थापित भएको गायत्री माताको मन्दिर  निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलले जानकारी दिए ।

अर्जुनधारा जलेश्वर धामपछि पूर्वी नेपालमा सबैभन्दा धेरै श्रद्धालु आउने धार्मिक स्थलका रूपमा बिर्तामोड नगरपालिका–५ अग्रशेन भवन नजिक निर्माण गरिएको गायत्री माताको मन्दिर स्थापित हुँदै गएको बताउँदै उनले गायत्री माताको मन्दिर सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले दर्शन गरेको जानकारी दिए ।

पूर्वी नेपालमै योदेखि बाहेक कहिंपनि गायत्री माताको मन्दिर नरहेकाले दर्शनार्थीको आकर्षण बढ्दै गएको बताउँदै बंशलले दर्शनार्थीको भीड बढेसंगै गायत्री माताको मन्दिरमा दैनिक पूजापाठ तथा नियमित धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएको जनाए ।

IMG_6329 २०८० साल जेठ १७ गतेदेखि निर्माण सुरु भएको गायत्री माताको मन्दिर अढाई करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएपछि २०८१ साल माघ २१ गते सरस्वती पूजाको दिन विधिपूर्वक प्राण प्रतिष्ठा गरी सञ्चालनमा आएको बताउँदै उनले गायत्री जयन्तीसमेत पहिलोपटक औपचारिक रूपमा मनाइएको जनाए ।

गत वर्ष पाँचदिने विशेष अनुष्ठानसहित गरिएको गायत्री माताको मन्दिरको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिएभने अनुष्ठानको उद्घाटन तत्कालीन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।

उक्त अवसरमा जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचन दिइएको संरक्षक बंशलले बताए । 

गायत्री माताको मन्दिर निर्माणपछि बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा नम्बर ५ का वडाध्यक्ष, सुरक्षा निकायका प्रमुखलगायतलाई संरक्षक बनाइएको छ भने  विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

मन्दिर व्यवस्थापन समितिको सहसंयोजक सुजित अग्रवाल  सचिव मनोज बजाज र कोषाध्यक्ष राजेश अग्रवाल रहेका छन्। त्यस्तै, धार्मिक, सामाजिक, व्यवसायिक तथा सञ्चार क्षेत्रका व्यक्तिहरू सम्मिलित ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

IMG_6346धार्मिक ग्रन्थहरूमा गायत्री माताको स्मरण मात्रैले पनि सांसारिक कष्टबाट मुक्ति मिल्ने र जीवनका मनोरथ पूर्ण हुने विश्वास रहँदै आएको छ। नेपालमा गायत्री माताका मन्दिरहरू सीमित मात्रामा रहेका छन्।


सो अवसरमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँचदिने अनुष्ठानको उद्घाटन गर्नुभएको थियो भने जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहन शरण देवाचार्य महाराजबाट विशेष प्रवचनसमेत आयोजना गरिएको थियो।

IMG_6345
यसैबीच, गत जेठ २२ गते गायत्री जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै नगर परिक्रमा सहित धार्मिक सभा सम्पन्न गरिएको थियो। बटुक, स्काउट, विभिन्न संघ–संस्था, धार्मिक तथा सामाजिक व्यक्तित्व तथा भक्तजनको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा साँझ सन्ध्या आरतीसमेत गरिएको थियो।

वार्षिक उत्सव सम्पन्न गर्न होटल द किङ्सबारी, कजारा, पशुपति पेन्ट, वास्तुविहार, हलोनिक्स, डालीमा, वर्ल्डलिङ्क, के नेपाल ट्रेड एन्ड सप्लायर्स प्रालि बिर्तामोड, बिर्तामोड नगर स्काउट नेपाल, आमा बचाउ लगायतका संघ–संस्थाहरूको प्राविधिक सहयोग रहेको मन्दिर व्यवस्थापन समितिका सदस्य प्रशान्त भण्डारीले जानकारी दिनुभयो।

कार्यक्रमको सहजीकरण पत्रकार स्वस्तिका आचार्यले गर्नुभएको थियो।