बुद्धशान्ति / दोहा (कतार)
पवन ढकाल, कुबेर अधिकारी
ईलाम सेवा समाज कतारले आफ्नो ११औँ स्थापना दिवस गत जनवरी २३, २०२६ (माघ ०९, शुक्रबार) विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
वक्राको समुन्द्री तटमा आयोजना गरिएको स्थापना दिवस तथा बनभोज कार्यक्रम संस्थाका अध्यक्ष खड्ग फागो लिम्बुको अध्यक्षता तथा कोशी प्रदेश समन्वय समिति कतारका अध्यक्ष रुद्र आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा ईलाम सेवा समाजलाई कोशी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्लाहरूको साझा सामाजिक संस्थाका रूपमा स्थापित गरिएको घोषणा गरिएको थियो। सो अवसरमा कोशी प्रदेशभित्र पर्ने विभिन्न जिल्लाका सेवा समाजका अध्यक्ष तथा प्रतिनिधिहरू, नेपाली महिला समाज कतारका प्रतिनिधि, साथै समाजका विभिन्न वर्ग, तह र तप्काका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

स्थापना दिवस कार्यक्रममा नेपाली समाजचिन्तक तथा उत्प्रेरक सागर नेपाल, सामाजिक अभियन्ताहरू तेज कटुवाल, केशव कार्की, दुर्गा प्याकुरेल, संस्थाका संरक्षक धनबहादुर विश्वकर्मा गहतराज, महिला संयोजक रेनु कार्की, युमा साम्यो महासभा कतारका अध्यक्ष योगेन माखिम, ताप्लेजुङ पाथीभरा सेवा समाज कतारका अध्यक्ष कुमार खड्का, पाँचथर सेवा समाज कतारका अध्यक्ष लीला राई, नेपाली महिला समाज कतारकी उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल, नेपाल मगर संघ कतारकी द्वितीय उपाध्यक्ष रविना मगर, भोजपुर सेवा समाज कतारका अध्यक्ष महेन्द्र कार्की, संखुवासभा समाज कतारका अध्यक्ष विरेन मादेन लिम्बु, तेह्रथुम सेवा समाज कतारका अध्यक्ष महेन्द्र उप्रेती, उदयपुर सेवा समाज कतारका अध्यक्ष कमल वाग्ले, मोरङ–सुनसरी समाज कतारका लिलानाथ आचार्य, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखा कतारका कृष्ण दर्लामी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा ईलामेली बाँसुरीवादक लक्ष्मी सापकोटासहित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान शाखा कतारका कलाकारहरूको आकर्षक सांगीतिक प्रस्तुति रहेको थियो। साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरूले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो।
उपमहासचिव मनकुमार योङहाङ लिम्बु र सचिव रविना मगरले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा खानपान व्यवस्थापनमा रविना मगर, ज्योती गौतम, अनु तामाङ र फुलमाया लिङदेन लिम्बुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
त्यसैगरी कार्यक्रमस्थल व्यवस्थापन तथा यातायात संयोजनमा संरक्षक धनबहादुर विश्वकर्मा गहतराज, कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष तोरण बस्नेत, अध्यक्ष खड्ग फागो लिम्बु, कुबेर अधिकारी, रविन रेग्मी, चुडामणि धिमिरे लगायतको सक्रिय सहभागिता रहेको थियो।
सांगीतिक प्रस्तुतिको व्यवस्थापनका लागि बाँसुरीवादक लक्ष्मी सापकोटाले विशेष पहल गरेका थिए।
स्थापना दिवसकै अवसरमा सामाजिक संघ–संस्था तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई संस्थाको लोगो तथा चियाबारी अंकित मग र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो।














