लेटाङ (मोरङ), १० माघ, भरत प्रसाई 

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चालू आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा गोष्ठी मोरङको लेटाङमा सम्पन्न भएको छ ।

गएको माघ ८ र ९ गते लेटाङस्थित कृषि विकास बैंकको प्रादेशिक तालिम केन्द्रमा दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा संस्थाको वित्तीय अवस्था र आगामी रणनीतिक कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।

27190464-c55e-4c79-a402-caea092d876cसमीक्षा अवधिमा संस्थाको वित्तीय स्थिति उत्साहजनक देखिएको छ । सार्वजनिक विवरण अनुसार संस्थाको कुल सम्पत्ति २ अर्ब २७ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

संस्थाको शेयर पूँजी १८ करोड ९ लाख १४ हजार, कुल बचत १ अर्ब ७९ करोड ९५ लाख र ऋण लगानी १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

संस्थामा हाल ४० हजार २३१ जना शेयर सदस्य आबद्ध छन् भने तरलता १४.३४ प्रतिशत कायम रहेको छ ।

गोष्ठीका अवसरमा चालू आर्थिक वर्षको पहिलो र दोस्रो दुवै त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने हर्कटे सेवाकेन्द्रलाई ‘उत्कृष्ट सेवाकेन्द्र’ घोषणा गरी सम्मान गरिएको थियो ।

7a5037a2-9713-4caa-8bb0-1c57cb763087संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले हर्कटे सेवाकेन्द्रको प्रगति अन्य सेवाकेन्द्रका लागि प्रेरणाको स्रोत बन्ने बताउनुभयो । उहाँले संस्थागत सुशासन र सामूहिक प्रतिबद्धतामै सहकारीको सफलता निर्भर रहनेमा जोड दिनुभयो ।

संस्थाका बजारिकरण विभाग प्रमुख वेद प्रकाश दवाडीका अनुसार गोष्ठीले संस्थागत सुशासन सुदृढीकरण तथा सेवा विस्तारसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू समेत पारित गरेको छ ।

कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमितिका पदाधिकारी, उच्च व्यवस्थापन समूह र सेवाकेन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो ।