नेपाल अर्थोपेडिक एसोसिएसनले आफ्नो ३१औँ वार्षिक सम्मेलन कोशी प्रदेशको झापामा गर्ने घोषणा गरेको छ। ‘अर्थोकोन २०२६’ नाम दिइएको उक्त सम्मेलन फागुन १ देखि ३ गतेसम्म धुलाबारीस्थित होटल मेची क्राउनमा सञ्चालन हुनेछ।

आयोजकका अनुसार सम्मेलनमा स्वदेश तथा विदेशका गरी ५०० भन्दा बढी हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहनेछ। भारत, चीन, बङ्गलादेश, बेलायत, हङकङ, अष्ट्रेलियालगायत विभिन्न देशबाट १०० भन्दा बढी वरिष्ठ विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् भने नेपालका करिब ४०० जना प्रोफेसर तथा अर्थोपेडिक चिकित्सकहरूको उपस्थिति रहने जनाइएको छ।

सम्मेलनअघि माघ २९ गते बिर्तामोडका बिएण्डसी, स्पाइन एक्स र बिर्तासिटी हस्पिटलमा प्रि–कन्फरेन्स वर्कसप आयोजना गरिनेछ।

NOA-Conferance-Dr-Nirajan-1024x517

वर्कसपमा ट्रेनी डाक्टर र विद्यार्थीहरूलाई हाडजोर्नीसम्बन्धी समस्याको व्यावहारिक अभ्यास गराइनेछ। एक्स–रे, एमआरआई, सिटी स्क्यान रिपोर्ट विश्लेषण, प्रि–एक्जाम अभ्यास तथा बिरामी परीक्षणमार्फत प्रयोगात्मक प्रशिक्षण दिइने आयोजक समितिले जनाएको छ।

माघ २९ गते बिर्तामोडमा प्रीकन्फरेन्स वर्कसप सञ्चालन पछि फागुन १, २ र ३ गते होटल मेची क्राउन धुलाबारीमा अन्तर्राष्ट्रिय सेमिनारको मुख्य कार्यक्रम आयोजना गरिएको अध्यक्ष डा. मैनालीले बताउनु भयो ।

यस कार्यक्रम आयोजना गर्नका लागि करिब १ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको तथा कोशी प्रदेश सरकारबाट पर्यटन प्रवर्धनका लागि ५ लाख रुपैयाँ प्राप्त हुने प्रतिबद्धता आएको छ पनि डा. मैनालीले बताउनु भयो ।

NOA-Conferance-Dr-Laxmi-Mainali

कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धन शीर्षकमा पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नेपाल अर्थोपेडिक एसोसिएसनका महासचिव नागमणि सिंहले यस वर्षको सम्मेलनको मूल नारा “Education, Collaboration and Innovation” रहेको जानकारी दिँदै नेपालमै विकास भएका गुणस्तरीय प्रविधि र अभ्यासलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए।

झापामा पहिलोपटक आयोजना हुन लागेको उक्त सम्मेलनले प्रदेशको स्वास्थ्य क्षेत्रसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।