२० फागुन, वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मनोज चौधरी लाई नियमित सुरक्षा जाँचका क्रममा वीरगञ्जको बडनिहार क्षेत्रमा सवार गाडीसहित रोकी सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरि बहादुर बस्नेत का अनुसार चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो। जाँचका क्रममा गाडीबाट केही शंकास्पद वस्तु फेला परेको र त्यसबारे अनुसन्धान जारी रहेको उनले बताए।

 जनहितमा जारी

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै उक्त क्षेत्रमा थप सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत जानकारी दिन चाँडै पत्रकार सम्मेलन गरिने जनाइएको छ।