झापा — विर्तामोड नगरपालिका वडा नं. ४ भद्रपुर रोडबाट करिब एक किलोमिटर दूरीमा अवस्थित इडन गार्डेन एजुकेशन फाउन्डेशन विर्तामोड क्षेत्रकै पुरानो स्थापित विद्यालयमध्ये एक हो।

वि.सं. २०४५ सालमा स्थापना भएको यस संस्थाले विभिन्न समयका समस्या र चुनौतीहरू पार गर्दै निरन्तर समाजमा शिक्षा र चेतनाको प्रकाश फैलाउँदै आएको छ।

विभिन्न समयमा विभिन्न व्यक्तिले नेतृत्व सम्हाल्दै आएको यस संस्थालाई अझ मजबुत रूपमा अगाडि बढाउन तथा यसको सम्पत्तिको संरक्षण गर्न आवश्यक ठानेर वि.सं. २०७१ सालदेखि शिक्षाप्रेमी मोहन आचार्यले विद्यालयको सञ्चालन कुशलतापूर्वक गर्दै आउनुभएको छ।

उहाँको नेतृत्वपछि विद्यालयले विर्तामोड क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ।

संस्थागत विद्यालय भए पनि सबैको पहुँच पुग्ने शुल्क र गुणस्तरीय शिक्षाका कारण यो विद्यालय अभिभावकहरूको पहिलो रोजाइमा पर्न सफल भएको छ।

अनुभवी र तालिमप्राप्त शिक्षक, पूर्ण बालमैत्री वातावरण, पठन–पाठनका अतिरिक्त विभिन्न अतिरिक्त क्रियाकलाप, नियमित शैक्षिक अवलोकन भ्रमण, नेतृत्व विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरू, सामाजिक सेवा तथा अन्तरक्रियात्मक कार्यक्रमहरू विद्यालयका मुख्य आकर्षण हुन्।

विश्वले विज्ञान, प्रविधि र सञ्चारको क्षेत्रमा नयाँ उचाइ हासिल गरिरहेको वर्तमान समयमा शिक्षा पनि विश्व बजारको मागअनुसार हुनुपर्ने आवश्यकता विद्यालयले महसुस गरेको छ।

समयअनुसार शैक्षिक गतिविधि सञ्चालन नगरेमा भविष्यमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न नसकिने बुझाइका साथ विद्यालयले आधुनिक शिक्षालाई प्राथमिकता दिएको छ।

यसै सन्दर्भमा शिक्षकहरूलाई आईटी सम्बन्धी तालिममा सहभागी गराउने, विद्यार्थीहरूलाई प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, साइबर सचेतना र साइबर अपराधसम्बन्धी कार्यक्रम आयोजना गर्ने, प्रोजेक्टरमार्फत स्मार्ट कक्षा सञ्चालन गर्ने तथा विद्युतीय कक्षाजस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ।

वि.सं. २०८२ साल माघ १३ गते झापा जिल्लामै पहिलो पटक “आईटी : अवसर र चुनौती” विषयमा विर्तामोडका संस्थागत विद्यालयहरूबीच प्यानल डिस्कसन कार्यक्रम सञ्चालन गरी विद्यालयले प्रशंसा समेत पाएको थियो।

आधुनिक शिक्षा जति आवश्यक भए पनि हाम्रो सामाजिक संस्कृति, संस्कार र परम्परा हाम्रो पहिचान र स्पन्दन भएको विद्यालयको विश्वास छ।

आधुनिकताको नाममा प्राचीन सभ्यता, मौलिकता र मानवीयता हराउँदै गएको परिवेशमा विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा प्रदान गर्दै सभ्य र देशप्रेमी नागरिक उत्पादन गर्ने लक्ष्यसहित विद्यालय निरन्तर क्रियाशील रहेको छ।

यसका लागि विभिन्न पर्व, जात्रा तथा राष्ट्रिय दिवसका अवसरमा विद्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

देशप्रेमको भावना बिना शिक्षा अपूर्ण हुने विद्यालयको मान्यता छ। त्यसैले विद्यार्थीहरूमा राष्ट्रप्रेमको भावना विकास गर्न वि.सं. २०८० सालदेखि विद्यालयले राष्ट्रिय सेवा दल (NCC) को जुनियर तालिम सञ्चालन गर्दै आएको छ र यस वर्ष पनि त्यसको तयारी भइरहेको छ।

विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले विद्यालयले लामो समयदेखि STEM कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन्। विद्यालयमा स्काउट कार्यक्रम पनि निरन्तर सञ्चालनमा छ।

सामाजिक सेवा भावना र नेतृत्व क्षमताको विकासका लागि “उज्यालो इडेन बाल क्लब” वि.सं. २०७५ सालदेखि सक्रिय रूपमा सञ्चालनमा रहेको छ।

साथै नेपाली र अंग्रेजी भाषाका समानान्तर साहित्यिक क्लबहरूले विद्यार्थीहरूलाई साहित्य सिर्जनामा प्रोत्साहन गरिरहेका छन्। नेपाली र अङ्ग्रेजी भाषाका समानान्तर साहित्यिक क्लव  निरन्तर साहित्यिक सिर्जनाको प्रोत्साहनमा लागिरहेका छन । यसरी नै विषयगत क्लबहरु आफ्नो आफ्नो विषयका  कार्यक्रम सञ्चालनमा चुक्दैनन्। 

विभिन्न विषयगत क्लबहरूले पनि आफ्ना विषयसँग सम्बन्धित कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएका छन्।

विद्यार्थीहरुको चौतर्फी विकासलाई ध्यानमा राखेर Global School International  eduction Olympaids  जस्ता अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका कार्यक्रममा  सहभागिता जनाउँदै आएको छ।


यसरी प्रविधि र संस्कार  को सन्तुलन कायम गरेर  विद्यालय निरन्तर अगाडि बढेको छ । तपाईंहरूको सपना  शिक्षित सक्षम र  सभ्य सन्तान  नै हो त्यसैले  शिक्षित सभ्य र सुसंस्कृत सन्तानको लागि इडेन गार्डेनको ढोका सधैँ खुला  रहेको छ।


हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब ७०० विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीहरूको माग र रुचिलाई ध्यानमा राख्दै विद्यालयले खेलकुदलाई पनि विशेष प्राथमिकता दिएको छ।

विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालयले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमहरूमा पनि सहभागिता जनाउँदै आएको छ।

विद्यालय व्यवस्थापनका अनुसार समयको मागअनुसार शुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित इडन गार्डेनले आफ्ना गतिविधिहरू विस्तार गर्दै लगेको छ।

अभिभावकहरूको सपना शिक्षित, सक्षम र सभ्य सन्तान उत्पादन गर्नु नै भएकाले गुणस्तरीय शिक्षा, प्रविधि र संस्कारको समन्वय गर्ने उद्देश्यका साथ इडन गार्डेन एजुकेशन फाउन्डेशनले आफ्ना ढोका सधैं खुला राखेको जनाएको छ।