नेपाली साहित्यका अग्रणी स्रष्टा बैरागी काइँला लाई प्रदान गरिएको “स्वीकारोक्ति सिद्धि पुरस्कार २०२५” आगामी विशेष समारोहमार्फत औपचारिक रूपमा हस्तान्तरण गरिने भएको छ।
उक्त पुरस्कार नेदरल्याण्ड्सको हेग मा १४ जुलाई २०२५ मा आयोजित बृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान–६ का क्रममा घोषणा गरिएको थियो। ,उहाँ व्यक्तिगत कारणवश सो मूल समारोहमा उपस्थित हुन नसक्नु भएकाले, सम्मान ग्रहण गर्न विशेष कार्यक्रमको आयोजना गरिएको हो।
स्वीकारोक्ति फाउन्डेसन द्वारा २५ जुलाई २०२६ मा काठमाडौँ मा आयोजना गरिने उक्त कार्यक्रममा विद्वान, प्राज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
यस सम्मानले नेपाली साहित्यमा बैरागी काइँलाले पुर्याउनुभएको दीर्घकालीन तथा महत्वपूर्ण योगदानको उच्च मूल्यांकन र कदर गरिएको जनाइएको छ।