काठमाडौं । प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन नियमावली तयार पार्न १५ सदस्यीय मस्यौदा समिति गठन गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा समिति गठन गर्ने निर्णय गरेको हो।

सभामुख डीपी अर्यालले जानकारी दिएअनुसार समितिमा विभिन्न दलका सांसदहरूको सहभागिता रहेको छ। समितिका सदस्यहरूमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्बु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव, यज्ञमणी न्यौपाने र सुलभ खरेल रहेका छन्।

समितिले प्रतिनिधिसभाको कार्य सञ्चालनलाई व्यवस्थित, प्रभावकारी र समयानुकूल बनाउन आवश्यक नियमावलीको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ।