झापा, चैत ३० । झापाको बाह्रदशी गाउँपालिकाले १६ जना करार शिक्षकलाई सेवाबाट निष्कासित गरेको छ । भोलि बैशाख १ गतेदेखि लागू हुने गरी ती शिक्षकहरुलाई निष्कासित गरिएको हो ।

गाउँपालिकाले आज एक सूचना जारी गरी अब गाउँपालिकाबाट करार शिक्षकहरूलाई तलब, भत्ता तथा अन्य सुविधा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ।

गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विगतमा वडा तथा गाउँपालिकाको अनुदानबाट सामुदायिक तथा धार्मिक विद्यालयहरूमा करार शिक्षक व्यवस्थापन गर्दै आएको थियो।

1-819x1024तर हालको आर्थिक अवस्था, बढ्दो वित्तीय दायित्व तथा सीमित आन्तरिक आम्दानी र संघीय सरकारको परिपत्रका कारण उक्त व्यवस्थालाई निरन्तरता दिन असम्भव भएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले जनाएका छन् ।

 जनहितमा जारी

गाउँ कार्यपालिकाको २०८२ मंसिर ३० गते बसेको बैठकको निर्णयअनुसार २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी गाउँपालिकाबाट अनुदानमार्फत पारिश्रमिक पाइरहेका करार शिक्षकहरूलाई अब कुनै पनि प्रकारको आर्थिक सुविधा उपलब्ध नगराइने भएको हो।

यद्यपि, सम्बन्धित विद्यालयहरूले आफ्नै आन्तरिक स्रोतबाट पारिश्रमिक तथा सुविधा व्यवस्थापन गर्न चाहेमा सेवा निरन्तरता दिन सक्ने उल्लेख गरिएको छ।

तर त्यसरी सेवा निरन्तरता दिँदा सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्बन्धित विद्यालयकै हुने गाउँपालिकाले स्पष्ट पारेको छ।