काठमाडौँ — इन्टरनेशनल बक्स अफिस अवार्ड्स २०८२ मा क्षितिज नाट्य प्रतिष्ठान झापाका केन्द्रीय अध्यक्ष माधब कल्पितलाई विशेष सम्मान प्रदान गरिएको छ। झापाको बिर्तामोडमा उनकै परिकल्पना र सपना स्वरुप  एक इट्टा अभियानबाट निर्माण भएको झापा नाटकघर तथा नेपाली कला, साहित्य र नाट्य बिधाको निरन्तरताका क्षेत्रमा उनले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौँस्थित नेपाल पुलिस क्लबमा आयोजित भव्य समारोहबीच विभिन्न विधामा योगदान पुर्‍याउने स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सोही अवसरमा अध्यक्ष कल्पितलाई कदर–पत्र सहित बिशेष सम्मान गरिएको हो।

4d0fa83f-928e-4c5a-977a-f3fd0828fa2b

झापा नाटकघरलाई प्रदेशस्तरमा नाट्य कला विकासको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने अभियानमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेको भन्दै अन्तराष्ट्रिय स्तरमा समेत परिचित गराइ भियतनाम सरकारबाट समेत अन्तराष्ट्रिय सम्मान पाउन सफल कल्पितको कर्म प्रति थप हौषला प्रेरणा र निरन्तरताको कामना गर्दै  आयोजकले उनको उच्च  मूल्यांकन  का साथ यो सम्मान प्रदान गरेको  नेशनल बक्स अफिस अवाडर्सका कार्यक्रम संयोजक निरंजन ठाकुर ( निरज) ले जानकारी दिनु भएको  छ।


‘बक्स अफिस इन्टरनेशनल ग्रुप’ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चलचित्र , नाटक, संगीत, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मान ग्रहण गर्दै अध्यक्ष कल्पितले झापा नाटकघर निर्माण आफ्नो दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। उनले प्राप्त सम्मानले आफूलाई अझ प्रेरित र जिम्मेवार बनाएको बताउँदै आगामी दिनमा नेपाली नाट्य क्षेत्रको विकासमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

आयोजकका अनुसार विभिन्न क्षेत्रका अग्रज तथा प्रतिष्ठित व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको  जनाइएको छ ।