काठमाडौं । नागरिक बचाउ महा अभियान नेपालका केन्द्रीय अध्यक्ष तथा सामाजिक–धार्मिक व्यक्तित्व दुर्गा प्रसाई लाई पर्साको वीरगञ्जस्थित गहवा माई भगवती मन्दिर दर्शनका लागि जाने क्रममा नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति नागरिक बचाउ दल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दलद्वारा जारी विज्ञप्तिअनुसार जेठ ४ गते राति करिब ९ बजे वीरगञ्जको होटल दियालबाट प्रसाईलाई पक्राउ गरिएको हो। उक्त घटनाको विरोध गर्दै अभिलम्ब रिहाइको माग गरिरहेका राष्ट्रिय क्षमता पार्टीका अध्यक्ष विजयप्रसाद निषाद, महा अभियान युवा परिषद्का अध्यक्ष सुशील बराल, अभियानका जनकपुर अञ्चल संयोजक विजय थापा लगायत अन्य अभियानकर्मीलाई समेत पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

नागरिक बचाउ दल नेपालका सभापति माधव कल्पित द्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वोच्च अदालतबाट यसअघि नै पक्राउ नगर्न आदेश जारी भइसकेको अवस्थामा पनि धार्मिक आस्थासँग जोडिएको मन्दिर दर्शनजस्तो पवित्र कार्यमा अवरोध सिर्जना गर्दै गरिएको पक्राउले कानुनी राज्यको मर्म, नागरिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा धार्मिक अधिकारमाथि प्रत्यक्ष हस्तक्षेप गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपाल प्रहरी तथा सरकारद्वारा प्रदर्शित यस्तो व्यवहारले संविधान प्रदत्त नागरिक अधिकार, मानव अधिकार तथा धार्मिक स्वतन्त्रताको सम्मानमाथि गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र नागरिकको मौलिक अधिकारमाथि आघात पुग्ने गतिविधि तत्काल बन्द गर्न माग गरिएको छ।

दलले पक्राउ परेका दुर्गा प्रसाई लगायत सम्पूर्ण व्यक्तिहरूलाई सार्वजनिक गर्न, विधिसम्मत तथा पारदर्शी प्रक्रिया अवलम्बन गर्न र उनीहरूको अभिलम्ब रिहाइ सुनिश्चित गर्न सम्बन्धित निकायसँग कडा माग गरेको