प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । 

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो ।  सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । 
    
गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा  वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो ।