काठमाडौँ– उखु किसानको २२ करोड भन्दा बढी रकम नदिएको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई जना सञ्चालक पक्राउ परेक छन्।     


पक्राउ पर्नेमा पश्चिम नवलपरासी, रामग्राम नगरपालिका–२ बस्ने शैलेन्द्र गुप्ता र सर्लाही, हरिपुर नगरपालिका–१ घर भई हाल पश्चिम नवलपरासी बस्ने विनोद साह कलवार रहेका छन्।

उखु किसानलाई लामो समयदेखि करिब २२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी नगरी आपराधिक लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

 जनहितमा जारी

उनीहरूविरुद्ध आपराधिक लाभ (क्रिमिनल बेनिफिट) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।