एजेन्सी । अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। अमेरिकाले लगातार आठौँ रात पनि इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमण आफ्नै निर्देशनमा गरिएको पुष्टि गर्दै जर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि जवाफी कारबाही गरिएको बताएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार पछिल्लो हवाई आक्रमणमा इरानका सैन्य अड्डा, हतियार भण्डारण केन्द्र तथा सैन्य आपूर्ति (लजिस्टिक्स) संरचनालाई मुख्य निशाना बनाइएको हो। अमेरिकाले होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जलमार्गलाई खतरा पुर्याउने इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ।
यद्यपि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पुल र समुद्री पानी प्रशोधन (डिसालिनेशन) केन्द्रमा पनि आक्रमण भएको उल्लेख गरे पनि ऋभ्ल्त्ऋइः ले त्यसको आधिकारिक पुष्टि गरेको छैन।














